FAQs Complain Problems

सूचना

बित्थडचिर गाउँपालिकाको परिचय

वित्थडचिर गाउँपालिकाको परिचयः

भूपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ्ग जिल्लाको दक्षिणी क्षेत्रको पहाडी भागमा यो वित्थडचिर गाउँपालिका अवस्थित रहेको छ। साविकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर हाल वित्थडचिर गाउँपालिका बनेको छ। रहनसहन, लवाईखवाई देखि रितिरिवाज-परम्परा, भाषा सम्पूर्ण कुरा यी तीन गाविस बिच मिलने भएकाले, यी तीन गाविस समावेश गरी एक गाउँपालिकाको रुपमा सिफारिस गरिएको थियो।मिति २०७३।११।२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६, संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ठ नं. ३६० र ३६१ मा प्रकाशित रज्य पुनर्संरचनाको प्रतिवेदन अनुरुप यस वित्थडचिर गाउँपालिकाको जम्मा ९ वडा कायम गरी साविक देउलेख गाविस कार्यालयलाई केन्द्रका रुपमा प्रस्तावित गरिएको छ। (विस्तृत प्रतिवेदन अनुसूचि- मा रहेको छ।)

धार्मीक  प्रर्यटकिय दृष्टिले अति महत्त्वपूर्ण क्षेत्रको रुपमा परिचित,साविक स्याँडी गाविस अन्तर्गत पर्ने, 'वित्थड क्षेत्र' तथा साविक सुनकुडा गाविसको 'चिर क्षेत्र' र देउलेखको चिरासैनी भगवती लाई  आधारमानी यस गाउँपालिकाको नामाकरण 'वित्थडचिर' गरिएको हो।

  • .८६.१५ वर्ग कि.मी. क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कूल जनसंख्या १७,८१२ जना रहेको छ। समुद्र सतहबाट २६५०फिट देखि ८०५० फिटको उचाईमा रहेको यसवित्थडचिर गाउँपालिका,बझाङ्ग जिल्ला प्रवेश मार्ग, (जयपृथ्वी मार्ग) को २१ कि.मी. मोटरबाटोयसै गाउँपालिकाभएर प्रवेश हुन्छ।
  1. भौगोलिक अवस्थितिः
    •  
    •                         :              केदारस्युँ गाउँपालिका
    •                    :              बैतडी जिल्ला
    •                      :              बुँगल नगरपालिका
    •                    :              बैतडी जिल्ला
    •  
    •                           :              २९२६२८ देखि २९३४२० उत्तरी अक्षांश सम्म
    •                                       :              ८०४४५६ देखि ८०५२४७ पूर्व देशान्तर सम्म
    •  

        समुद्र सतहबाट २६५० फिट देखि ८०५० फिटकोउचाई सम्म।

  1. वित्थडचिर गाउँपालिकाको हावापानी तथा भु-बनावटः

हावापानी र जलवायु

        यस गाउँपालिकाको हावापानी उष्ण प्रदेशिय देखि लिएर समशितोष्ण प्रदेशिय हावापानी भित्र पर्दछ। हिउदको समयमा ० देखि १८ से. सम्म रहन्छ भने गृष्म ऋतुमा अधिकतम तापक्रम ३०से. सम्म रहन्छ।

  • -बनावटः

        यस गाउँपालिकाको भूगोल भिरालो र धेरै जसो कडा चट्टान र बनजंगलले घेरेको छ। कुनै ठाँउमा चिम्टयाईलो, पाङगो माटोका साथै धेरै जसो कंकटयुत्त माटो पाईन्छ। त्यसैले माटोको उर्वराशत्तिमा पनि विविधता पाईन्छ।