FAQs Complain Problems

सूचना

बर्थिङ सेन्टरको उद्घाटन सम्पन्न

बित्थडचिर गाउपालिका अन्तर्गत वडा नम्बर दुइको कुसेना मोभेरामा नवनिर्मित बर्थिङ सेन्टरको एक कार्यक्रमका बिच आज मङ्गलबार उद्घाटन गरिएको छ

गाउपालिकाको गत आ.ब. मा बिनियोजित कुल दस लाख लागतमा निर्मित उक्त बर्थिङ सेन्टरको गाउपालिकाका अध्यक्ष प्रेम बहादुर बोहराले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रेम बहादुर बोहराले कुसेना मोभेरा क्षेत्र भौगोलिक रुपमा अत्यन्त बिकट एबम पिछडिएको क्षेत्र भएकोले यहाको बिकासका लागि गाउपालिका अत्यन्त गम्भीर रहेको बताउनु हुँदै, छिट्टै सडक सन्जालबाट समेत यश क्षेत्रलाइ जोड्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले यस क्षेत्रका महिलाले प्रसुती सेवाका लागि भोग्नु परेको सास्ती बर्थिङ सेन्टरको सन्चालन सङ्गै अन्त्य भएको र निकट भविष्यमा यसको स्तरोन्नती एबम आवश्यक जनशक्ती ब्यवस्थापन गरि प्राथमिक स्वास्थ्य सेवा समेत यहीँबाट उपलब्ध गराउन लागिपर्ने बताउनु भयो

वडा नम्बर २ का अध्यक्ष मान बहादुर बोहराले कुसेना मोभेरा क्षेत्र सडक संजाल यहाका जनताले धेरै सास्ती भोग्नुपरेकोले सडकको बिस्तार आफ्नो पहिलो प्राथमिकता रहेको र त्यसका साथसाथै शिक्षा स्वास्थ लगायतका सेवाको बिस्तारका लागि आफू कटिबद्द भै लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुहुदै कार्यपालिका बैठकहरुमा समेत नियमित रुपमा यहाँका जनताले भोगिरहेको सास्ती तथा दु:खका बारेमा निरन्तर ध्यानाकर्षण गराइरहेकोले यहाँको बिकासका लागि ढुक्क हुन जनतालाइ आग्रह गर्नुभयो

कार्यक्रममा नेकपाका निराजन बोहरा, रत्न आवि का प्र अ प्रशान्त बोहरा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो

उक्त बर्थिङ सेन्टर निर्माणका लागि जग्गा दान गर्नु हुने मनुरी देबि बोहरालाइ दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रम वडा नम्बर २ का अध्यक्ष मान बहादुर बोहराको अध्यक्षता, गाउपालिका अध्यक्ष प्रेम बहादुर बोहराको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलको बिशिस्ठ आतिथ्यता एबम स्याणी स्वास्थ्य चौकी इन्चार्ज गौरिलाल बोहराको सन्चालनमा सम्पन्न भएको थियो।

आर्थिक वर्ष: